राष्ट्र बैंकले खुकुलो बनायो आयात, तीन करोड भारुसम्मको एलसी खोल्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न ‘इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९’ मा संसोधन गर्दै आयात व्यापारमा निर्भर साना आयातकर्तालाई राहात हुने गरी केही खुकुलो नीति ल्याएको हो ।

एकीकृत निर्देशन जारी गर्दै एकैपटक ६० हजार डलरको वस्तु आयात गर्न सकिने नीति अघि सारेको हो । यसअघि ५० हजार डलरको सीमा थियो । भारतबाट हुने आयातको यस्तो सीमा भने तीन करोड रूपैयाँसम्म छ।

रेमिटेन्स भित्रिने दर बढ्दै गएपछि अहिले ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।