काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । मगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो ।

Comment