यस्तो छ विदेशी मुद्राको विनियम दर, यूरोको भाउ १४३ रुपैयाँ नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको विदेशी विनिमय दरभाउ तोकेको छ।  जस अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ।

 यूरो एकको खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा,,दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ  १२ पैसा र बिक्रीदर  १० रुपैयाँ १७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४  पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा,  बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७  रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।