काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिडेटको १०औँ केन्द्रीय महाधिवेशन शुरु भएको छ ।
दुई दिन चल्ने महाधिवेशनमा अध्यक्ष पदमा रामबहादुर रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद ओझा र महासचिवमा बसन्त थापाको उम्मेदवारी रहेको छ । मंगलबार (आज) बाट कृषि विकास बैंकको केन्द्रीय कार्यालय भक्तपुरको बोडेमा महाधिवेशन शुरु भएको हो ।
राम रावलको टिम किन !
१. बैंक र आम कर्मचारिको सर्वोत्तम हितको लागि
२. व्यवशायिक युनियन निर्माणको लागि
३. युनियनमा आन्तरिक अनुशासनलाई मजवुत वनाउन
४. युनियन र व्यवस्थापन विचमा व्यवशायिक सम्वन्ध स्थापित गर्न
५. कर्मचारिको वृत्ति विकासका अवसरहरु सुनिस्चित गर्न
६. बैंकको आर्थिक सुविधाहरु अन्य बैंकको तुलनामा आकर्षक हुने गरि कायम गर्न
७. अस्थायि, ज्यालादारी कर्मचारीको उत्तम व्यवस्थापन र आर्थिक सुविधा वृद्धि गर्न
८. व्यवस्थापकिय असक्षमता, अनियमितता तथा कमजोरीहरुको सुक्ष्म निगरानि गरी बैंकको साख र सामर्थ्य अभिवृद्धि गर्न
९. सम्पुर्ण श्रमिकको हकहितको संरक्षण गर्ने र श्रमिक शक्तिको सम्मान गर्ने
Comment