लामिछानेको चेतावनी, निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जान्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै  आक्रोश पोखेका छन्। 

गएराति सामाजिक सञ्जालमा उनले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोखेका हुन्। ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’ 

उनले निकिताविरुद्धको पोस्ट नहटाए कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । 

रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा निकितालाई जोडेर समेत प्रचार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।