लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुई जना बालक रहेका छन्।

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ का वर्ष ३७ का शिव जनम माझी मुसहर, पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ खुर्कोटका वर्ष २२ का हाडी भन्ने सन्दिप परियार रहेका छन्। 

आइतबार राति इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो। 

पोखरा आउँदै गरेको बस चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुको साथबाट लागूऔषध डाईजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल र २४० पिस नाईट्राभ्याट ट्याब्लेट तथा ४ थान मोवाइल बरामद गरिएको छ। 

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।