आयुर्वेदको सातौं महासभा काठमाडौंमा आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय आयुर्वेदको सातौं महासभा काठमाडौंमा हुने भएको छ। स्थानिय आयोजक महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको सोल्टी होटलमा उक्त महासभा गरिने जनाएका हुन्। 

महासभाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्ने जनाइएको छ भने, कार्यक्रममा भाग लिन नेपाल र भारतका १००/१०० आयुर्वेद विज्ञ र यूरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय जगतबाट १०० जना आयुर्वे विज्ञहरु सहभागी हुने जनाइएको छ। 

‘सबैका लागि समग्र स्वास्थ्योपचार’ मूल नारा लिएको यो महासभा यसअघि सन् २०१५ मा नेदल्याण्डमा, सन् २०१७ मा बेलायतमा, सन् २०१८ मा ब्राजिल, नेदरल्याण्ड, सोल्भानिया लेइडेन र नेदरल्याण्डमा सम्पन्न भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।