भावी राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् । 

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको बताए । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको शर्माले खुलासा गरे । सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको नाममा पनि छलफल भएको उनको भनाइ थियो । 

उता, सपथ समारोहमा सहभागितापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन । उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरे । तर, भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् भनेर यस विषयमा छलफल भईरहेको पुष्टि गरे । 

यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने पनि बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।