पोलियोविरुद्ध खोप लगाउने समय तालिका परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको हो ।

सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयअन्तर्गको परिवार कल्याण महाशाखाले बताएको छ। हाल प्रभावकारिताका लागि पोलियोविरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा भनिएको छ।

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा खोप सल्लाहकार समितिले एफआईपिभी नियमित खोप प्रत्येक बालबालिकालाई पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा दिन सुझाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।