भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,प्रतिलिटर कति बढ्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई कात्तिक १५ गते (नोभम्बर १ तारिख तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ  बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै आइओसीले नेपालमा पनि भाउ बढाएर पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन, मट्टीतेलको भाउ बढेको छ । भारतबाट पेट्रोल प्रतिलिटर ६० पैसा, डिजेल ५.७६ रुपैयाँ, हवाई इन्धन ५ रुपैयाँ र मट्टीतेलमा ४ रुपैयाँ बढेर आएको छ ।

पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । समग्रमा आगामी १५ दिनमा निगमलाई समग्रमा ६ करोड करोड नाफा रहने भएको छ ।

आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।