काठमाडौं । बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा सम्मानीत भएकी छन् ।
विगत लामो समयदेखी अत्यन्तै निष्ठा र समर्पणका साथ ब्युटीसियनको तालिमका साथै लाखौ महिला तथा पुरुषहरुलाइ विभिन्न शिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन प्रेरित गरिरहेको कारण उनलाई फोकस नेपाल संस्थाले सम्मान गरेको हो ।
संस्थाले शनिबार काठमाडौको राष्ट्रिय नाच घर जमलमा आयोजना गरेको बृहत देउसी भैलो विशेष सांस्कृतिक कार्यक्रमका विच महरा सम्मानीत भएकी हुन् ।
आयोजक फोकस नेपाल संस्थाका संस्थापक रामचन्द्र पोखरेलले सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मान गरिएको बताए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेना पति राजेन्द्र क्षेत्री,फोकस नेपालका संस्थापक रामचन्द्र पोखरेल र अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।

Comment