दार्चुलामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नम्बरको ट्रयाक्टर गयराति दुर्घटना भएको हो। ट्रयाक्टर सडकबाट करीब एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्रयाक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनका अनुसार चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।