कालिकोटमा १३ जना मलाली बेपत्ता (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ 

बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बेपत्ता हुनेहरुको नामवली यस्तो छ :

परबहादुर शाही (वडाध्यक्ष)

प्रशान्त शाही

नरेश शाही

मोतिलाल शाही

छत्र शाही

धनबहादुर शाही

धन शाही

बलि शाही

कालिबहादुर शाही

प्रशिद्ध शाही (वडाध्यक्ष)

भेषबहादुर शाही

खगेन्द्र शाही

मनबहादुर शाही

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।