काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।
गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध संरचना भत्काइएको हो ।
महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ ।
Comment