प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा हलोमा मतदान गर्न प्रधानको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य एवम युवा नेता देवेन्द्र प्रधानले नेपाललाइ धार्मिक सम्मानसहितको हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन्।

राप्रपा क्षेत्र नं ९ काठमाडौले आयोजना गरेको  आमसभा  तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै प्रधानलेले नेपाललाइ धार्मिक सम्मानसहितको हिन्दुराष्ट्र  बनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रधानले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दू राष्ट्र घोषणा गर्न मंसिर ४ मा हुन गइरहेको  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न समेत आग्रह गरेका छन । 

साथै उनले संसारभर हिन्दू राष्ट्रको रुपमा चिनिँदै आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्ने यसले मात्र नेपालको पहिचान स्थापित हुन सक्नेमा समेत जोड दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।