काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८३ जना सवारी चालकमाथि कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपयत्कामा एकैदिन ३ हजार १८३ जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार  कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१,लेन अनुशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारीचलाउने ६० जना सवारी चालक रहेका छन् ।

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ३४ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ।

अन्य कारवाहीमा पर्ने २ हजार ६७५ जना सवारी चालक रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।