विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।
उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज (सोमबामर) बिहान १० बजेर २५ मिनेट जाँदा विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हाे।
श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित उनको साेही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राख्ने र आजै अन्तिम संस्कारका लागि भोजपुर लाने कार्यक्रम रहेको मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ। उनको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउँपोखरी हो।
१९९५ सालमा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राईसहित तीन छोरा र एक छोरी छन्।

Comment