राष्ट्र बैंकद्धारा आइटीआरएस निर्देशिका जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली (आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ ।

राष्ट्र बैंकले यस निर्देशिकाको नाम ‘International Transaction Reporting System (ITRS) Guidelines, 2022’ उल्लेख गरेको छ । सो समयसम्मका लागि ‘शोधनान्तर तथ्यांक संकलन निर्देशिका, २०६१’ समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।