सिड्नी। लामो समय देखि नेपाली कांग्रेसमा क्रियाशिल परशुराम पोखरेलको क्रियाशिलतामा सिड्नीमा विपी विचार संग्रह स्थापना भएको छ ।
पोखरेल विपी सङ्ग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेसको नेता हुनुहुन्छ ।
जननेता विपिको ४१औँ स्मृति दिवसको अवसर पारेर सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन गरिएको हो ।
सङ्ग्रह केन्द्र स्थापनाको उद्देश्य भनेको विपिका विचार सिद्धान्त र साहित्यलाई जिवन्त राख्ने नै हो साथै आजको युवा पुस्तामा विपिका विभिन्न पाटालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने रहेको छ।
नेपाली राजनीति बुझ्नको लागि वि। पि।लाई नबुझी अधुरो रहने भएकोले पनि वि.पि.विचार संग्रह केन्द्रको महत्व अधिक रहेको बताउनुहुन्छ परशुराम पोखरेल ।
संग्रह केन्द्रको गठनमा महत्त्वपूर्ण भूमिका खेल्नुको अलावा सोहि कार्यक्रममा प्रमुख अतिथिको भूमिका समेत निर्वाह गर्नुभएका पोखरेलले वि.पि.का योगदानको चर्चा र युवा पुस्तामा विपीको महत्व किन छ भन्दै प्रस्ट पार्नुभयो ।
नवगठित केन्द्रको अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा इश्वर खड्काको अलावा सदस्यमा नविन घले र आविष्कार रिमाल रहनुभएको छ ।

Comment