बैतडीमा जडीबुटी निकासीबाट १३ लाख राजश्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी ।  बैतडीमा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब १३ लाख रुपैयाँ राजश्व संकलन भएको छ।

आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५ सय ५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब १३ लाख राजश्व संकलन गरेको हो।

गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत २ लाख ११ हजार ७ सय ९० गरी १२ लाख ७० हजार ९ सय ८६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै २ लाख २० हजार ६ सय ३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ। 

जिल्लामा ३७२ वटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरु समेत निकासी हुने गरेको छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।