अछामको तुर्माखाँदमा पहिरोले घर पुर्‍यो, एकै परिवारका ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम । अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

गएराति तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी एक जना घाइते भएका छन्। घरभित्र सुतिरहेका तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ।

राति १ बजे पहिरो गएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनका अनुसार दुर्गम क्षेत्र भएकाले त्यसपछि सम्पर्क हुन सकेको छैन।

पहिरो गएको सूचना पाए लगत्तै राति नै प्रहरी टोली परिचाल गरिएको उनले बताए। दुर्गम भएकाले राति गएको प्रहरी टोली आज पहिरो गएको स्थलमा पुग्ने उनले बताए। त्यसपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने उनको भनाइ छ।

फाइल फोटो

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।