‘भरतपुरमा बखेडा नगरी रेणुलाई भोट हाल्नुस्, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ‘गठबन्धन आवश्यक भएकाले रेणुलाई भोट हाल्न बखेडा ननिकाल्न आग्रह गरेका हुन् ।

देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।

देउवाले भने, ‘हाम्रो साथीहरूले पनि पालो पाइहाल्नुहुन्छ नि। पहिला राम्रो काम गर्नुस् न। यस्तो राम्रो काम गर्ने मान्छेलाई समर्थन नगर्दा जनताले के भन्लान्। राम्रो काम गर्नेको विरोध गर्न मिल्दैन। यहाँको साथीहरूले त्यो बुझ्नुपर्यो नि।’

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरे ।

अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।