काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा भने मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भने शुक्रबार पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Comment