भूमि आयोग नुवाकोटको अध्यक्षमा कांग्रेस नेता न्यौपाने नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । भूमि आयोग  नुवाकोटको  अध्यक्षमा नेपाली कांग्रेसका नेताअर्जुन प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार न्यौपाने हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग  नुवाकोटको  अध्यक्ष नियुक्त भएका हुन् ।

ककनि गाउँपालिकाका  न्यौपाने  नेपाली कांग्रेसका  महासमिति सदस्य समेत हुन   ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी नुवाकोटसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरू विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरू नियुक्त गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।