नेपाल प्रवेशमा सहज, खोप नलगाइ आए पनि क्वारेन्टिन बस्नु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मंसिर १६ गते गरेको नेपाल प्रवेश कडाइको निर्णयलाई खुकुलो बनाएको छ। पुस ८ गतेको मन्त्रिपरिषद बैठकले आदेश संशोधन गर्दै नेपाल प्रवेश गर्न सहज बनाउने निर्णय गरेको हो। 

विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले नेपाल प्रवेशमा कडाइ गरेको थियो।मन्त्रिपरिषदको पुस ८ को निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो। 

नयाँ आदेश अनुसार अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ। 

उनीहरुलाई घरमै क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने निर्णयमा सरकार पुगेको हो। खोपको मात्रा पुरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।

यसका साथै खोपको मात्रा पुरा नगरेका विदेशी कुटनीतिक नियोग वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुलाई पनि नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ देखिए होम आइसोलेसनमा पठाउने निर्णय भएको सरकारले गरेको हो। 

यसअघि सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।