शेयर बजारमा उच्च अंकको वृद्धि,परिसुचक २४१५ अंक पुग्दा २ अर्ब ३८ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो दिन १७ अंकले घटेको बजार मंगलवार ५६ अंकले बढेको हो ।

मंगलवार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६ कम्पनीको २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच भएका छन् । सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर २ अर्ब ३८ करोडमा सीमित भएको छ । आज कारोबारमा आएका १३ समूहकै परिसूचक हरियाली भएका छन् । धेरै कमाउनेमा हाइड्रो र विकास बैकका लगानीकर्ता रहेका छन् ।

उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, रसुवागढी जलविद्युत् ९.२१, ग्रीन लाइफ ८.२६, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी र आँखुखोला हाइड्रोपावरका शेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, सीईडीबी हाइड्रोपावर, सिनर्जी पावर र माउन्टेन हाइड्रोको शेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।