भृकुटीमण्डपमा लाइन बसेर के-के खाए देउवाले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् ।

उनी आज बिहानैदेखि भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूसँग अन्तरक्रिया र परामर्शमा गर्नमा व्यस्त छन् ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरू एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागे ।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरूसँग काठमाडौंको बसाइँका बारेमा सोधपुछ गरे । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरूसँग सोधे ।

उनले काठमाडौंमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित संक्रमणाबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिए ।

उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर लिए । उनले थाेरै भात, दाल, आलु मिसाएर बनाइएकाे तरकारी खाए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।