बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवाले पूर्व जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज (आइतबार) प्रदेश नम्बर १ जाने भएका छन्।

आज विहान ८ बजे उनी प्रदेश पूर्व प्रस्थान गर्ने र साँझ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी  सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ। 

चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरुसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की पनि जानेछन्।  बाढी पहिरोका कारण प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ । एक दर्जनबढी वेपत्ता छन् । धानवालीमा अर्वौंको क्षति पुगेको बताइएको छ ।

प्रधानमन्त्री देउवाले यसअघि सुदुरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।