काठमाडौँ । हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३ सय पुगेकाे छ ।
भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएको समाचारहरुमा उल्लेख छ।
हाइटीकाे नागरिक प्रतिरक्षा एजेन्सीका अनुसार अहिलेसम्म १२ सय ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
हाइटी सरकारले देशभर आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिएको छ । हाइटीको राजधानी पोर्ट–अउ–प्रिन्सबाट १२५ किलोमिटर टाढा केन्द्र बनाएर ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएकाे हाे ।
अमेरिकी भूकम्प मापन केन्द्र (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ।
भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।
Comment