‘कुलिङ पिरियड’बारे छानबिन गर्न गठन हुने समितिमा को-को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा गरिएको संशोधनबारे छानबिन गर्न प्रतिनिधिसभामा सात सदस्यीय संसदीय विशेष छानबिन समिति गठन हुने भएको छ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रमुख राजनीतिक दलहरू — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समिति गठनका लागि नाम सिफारिस गरेका छन्।

भामुखको सचिवालयका अनुसार समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समावेश हुनेछन्।

छानबिन समितिले निजामती विधेयकमा गरिएको विवादास्पद संशोधनबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ र संसदमा पेश गर्नेछ। समितिलाई छिट्टै औपचारिक रूपमा गठन गरी कार्यादेश प्रदान गरिने तयारी भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।