हाइटी भूकम्प अपडेट : ३०० भन्दा बढीको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएको समाचारहरुमा उल्लेख छ।

अमेरिकी भूकम्प मापन केन्द्र (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ। भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवन तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन्।

भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।