झिनो अंकले बढ्यो शेयर बजार,परिसुचक ३१०८ अंक पुग्दा १४ अर्ब ३० करोड को कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ अंकमा पुगेको छ ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ०.७८ अंकले बढेर ५७८.०९ अंकमा पुग्यो ।

आज हाइड्रो, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र बैंकिङ्ग बाहेक अन्य सबै सम्ुहको सूचक घट्यो । सबैभन्दा धेरै हाइड्रो समुहको सूचक बढ्यो । हाइड्रोको सूचक ३.३३ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको १.३२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । निर्जीवन बीमाको सूचक १.३८ प्रतिशत घट्यो । त्यस्तै, लघुवित्तको १.२७ प्रतिशत घट्यो ।

आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो ।

आज ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा अपी पावर कम्पनी, जीवन विकास लघुवित्त, यूनियन लाइफ इन्स्योरेन्स, कर्पोरेट विकास बैंक, यूनिभर्सल पावर कम्पनी, निङ्डी पावर, कर्णाली विकास बैंक र छ्याङ्दी हाइड्रोपावर रहेको छ ।

सबैभन्दा धेरै एनआइसी एसिया बैंकका शेयर धनीले गुमाए । बैंकको शेयर मूल्य ७.३७ प्रतिशत घट्यो । त्यस्तै, गुँरास लघुवित्तको ४.०८ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । कम्पनीले ८१ करोड ९२ लाखको कारोबार गर्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।