किरण गजमेरले जिते भ्वाइस अफ नेपालको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गायन रियालिटी सो भ्वाइस अफ नेपाल तेस्रो संस्करणको उपाधि कोच प्रमोद खरेलका टिमका किरण गजमेरले जितेका छन्।

शनिबार राति सम्पन्न कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन्। 

कार्यक्रमको फाइनलमा उनीसँगै तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङ पुगेका थिए। उपाधिसँगै किरणले २५ लाख रुपैयाँसमेत जितेका छन्। 

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा विजेता चयन गरिएको आयोजकले जनाएको छ।  किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।