एमाले केन्द्रीय कमिटी बैठक बस्दै,२२ जनालाई सोधिएको स्पष्टिकरणका बारेमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज पनि नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपराह्न ३ बजे बैठक बोलाइएको छ।

सोमबारको बैठकले शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ। 

सोमबारको बैठकले २२ जनालाई स्पष्टिकरण सोधेपनि कसैले बुझाएका छैनन्। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसद स्वतन्त्र रहेको फैसला गरेकाले स्पष्टिकरण सोध्नुको कुनै तुक नभएको उनीहरुको बताइ छ।

स्पष्टिकरण सोधेर बढी दुःख दिन खोजे केपी शर्मा ओली विरुद्ध मानहानीको मुद्दा हाल्ने उनीहरुले बताएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।