काठमाडौं । कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ।
आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक निषेधाज्ञा थप गने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा ८ असारबाट सुरु हुनेछ ।
थपिएको निषेधाज्ञामा औषधि पसल र स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा पनि खोल्न पाइने जनाएको छ। त्यस्तै, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री बिक्री गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र), स्टेसनरी र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ।
अन्य पसलका लागि बार तोकिएको छ। डिपार्टमेन्ट स्टोर ९ग्रोसरी बाहेक०, शपिङ मल र खेलकुद सामग्री पसल, कपडा जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइनेछ।
यस्तै, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने भएको छ।
निर्माणजन्य सामग्री पसल जस्तै हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ पसल सबै दिन खोल्न पाइनेछ। यसका लागि बिहान ११ देखि साँझ ६ बजेसम्म समय तोकिएको छ। ठूलो परिमाणको ढुवानी राति मात्रै गर्नुपर्नेछ। सवारी साधन मर्मतका लागि वर्कशपहरू बेलुका ७ बजेसम्म खोल्न पाइनेछ।
Comment