पण्डित परिवारद्वारा २ थान अक्सिजन मेसिन गाउँपालिकाका सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ४ का स्व रामप्रसाद पण्डितको परिवारले आईसोलेशन केन्द्रलाई अक्सिजन मेसिन सहयोग गरेको छ। 

एक कार्यक्रममा बुबा स्वर्गीय रामप्रसाद पण्डितका नाममा छोराहरु गोविन्द प्रसाद शर्मा पण्डित, माधबप्रसाद शर्मा पण्डित र बद्रीप्रसाद शर्मा पण्डितले  २ थान इलेक्ट्रिकल अक्सिजन मेसिन हस्तान्तरण गरेका हुन् । 

उनिहरुले गाउँपालिकाका अध्यक्ष रमेश वस्तीलाई उक्त अक्सिजन मेसि हस्तान्तरण गरेका हुन्। 

पछिल्लो समयमा देशव्यापी रूपमा फैलिरहेको कोरोना महामारी नुवाकोटको तारकेश्वर गाउँपालिकामा पनि तिव्र गतिमा बढीरहेकोले गाउँबासीको जीवन रक्षार्थ अक्सिजन मेसिन प्रदान गरेको स्वर्गीय पण्डितका परिवारले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।