काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन वितरणमा लगाएको कोटा प्रणाली खारेज भएको छ।
सूचनामा हाललाई कोटा प्रणाली हटाइकाले अस्पताललाई साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निर्देशन दिइएको छ ।
सरकारले अक्सिजन व्यवस्थापनको जिम्मा सिसिएमसीलाई दिएपछि उसले अस्पताललाई कोटा अनुसार मात्र अक्सिजन दिन उद्योगलाई पत्राचार गरेको थियो ।
कोटा प्रणालीमा जाँदा झनै समस्या देखिएर बिरामीको अक्सिजन नपाएरै मृत्य हुन थालेपछि मन्त्रालयले कोटा प्रणाली खारेज गर्दै अक्सिजनको व्यवस्थापनको जिम्मा पनि आफ्नै मन्त्रालयमा रहने गरी निर्णय गरेको छ ।
अक्सिजन वितरणलाई सहज र व्यवस्थित बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ।
Comment