अब निषेधाज्ञामा अत्यावश्यक सेवाका लागि पास नचाहिने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा आवतजावत गर्नका लागि केही सहज व्यवस्था गरेको छ ।

प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको हो ।

जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंले भोलिदेखि अत्यावश्यक र मृत्यु संस्कारबाहेक अन्यलाई सवारी पास नदिने बताएको छ ।

अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई र अत्यावश्यक काममा जानेलाई बाहेक अरुलाई सवारी पास जारी नगरिने जानकारी दिएको छ ।

यस्तै, बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कारोबार गर्ने संस्था र विमानस्थल आउजाउ गर्ने संस्था तथा कर्मचारीहरुका हकमा लागि सवारी पास नचाहिने सूचनामा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।