पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले आइतबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको हो।

मूल्यवृद्धि पछि पेट्रोल लिटरको १ सय २० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। निगमलाई खाना पकाउने एलपीजी ग्यास एक सिलिण्डरमा ४ सय १८ रुपैयाँ ४७ पैसा  घाटा छ। निगमलाई ग्यासबाट मात्रै ६० करोड १३ लाख रुपैयाँ घाटा छ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा ७ रुपैयाँ ३९ पैसा र डिजलमा १ रुपैयाँ ९४ पैसा घाटा छ। निगमलाई मूल्य वृद्धि पछि पनि १५ दिनमा ८८ करोड घाटा हुने दाबी गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।