नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा व्यवसायी सौर्य शमशेर राणाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा व्यवसायी सौर्य शमशेर राणाको निधन भएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआइ) का पूर्वअध्यक्ष हरिभक्त शर्माले राणाको निधनबाट देशले एक असल उद्यमी र आफुले एक असल मित्र गुमाएको उल्लेख गरेका छन् । राणा सिप्रदी मोटर्सका सञ्चालक तथा नेपाल अटोमोबाइल ब्यवसायी संघ (नाडा) का पूर्व अध्यक्ष तथा सल्लाहकार पनि रहेका थिए ।

पारिवारिक स्रोतका अनुसार मुटुका रोगी राणाको मेडिसिटी अस्पतालमा आइतबार बिहान निधन भएको हो । एक छोरा र एक छोरीका पिता राणाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।