काठमाडौं । लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर- ६ को एघाराकिलोमा बस दुर्घटना भएको छ।
बसमा सवार २० जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
गम्भिर घाइते भएका करिश्मा नेपाली र शुसीला खड्कालाई थप उपचारको लागि काठमाडौंको ह्यम्स अस्पताल पठाउने तयारी भइरहेको एसपी घिमिरेले जानकारी दिए ।
तीव्र गतिका कारण बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हुनसक्ने उनले बताए ।
प्रहरी दुर्घटनास्थलमा पुगिसकेको छ ।
घाइतेको नामावली :
शंकर नेपाली,
सितारामा थापा
जंग बहादुर ठकुरी
भक्त बहादुर तामाङ
रोहीत क्षेत्री
रोशन थामी
सर्द थामी
विन्दु लामा
पासाङ तामाङ
पदम बहादुर श्रेष्ठ
बल बहादुर तामाङ
करिश्मा नेपाली
मनिता नेपाली
तारा थापा
शुसीला खड्का
शर्मिला ठकुरी
शर्मीला नेपाली
निर्माया तामाङ
पार्वती लामा

Comment