उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा विजयी भएका छन् ।

उनले ६२ मत पाए भने उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ किशोरकुमार प्रधान समूहबाट चुनाब लडेका थिए । उनी १६ वर्षदेखि महासंघमा सक्रिय छन् ।

लक्ष्मी समूहका कार्यकारी निर्देशक रहेका उनले महासंघमा उद्योग समितिको सभापति, राजस्व समितिको सहसभापति र रोजगारदाता परिषद्को सदस्यको रुपमा काम गरेका छन् ।

चुनावी परिणामा आएपछि श्रेष्ठले ट्वीट गर्दै भने, ‘जय भयो। बिजय भयौं । सबैलाई धन्यवाद ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।