काठमाडौँ । इङलिश प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा टोटनह्यामले आफ्नो मैदानमा सिटीलाई २–० गोलले हराएको हो ।
घरेलु टोलीलाई जिताउन टोटनह्यामका सन हिउङ–मिन र जियोभानी लो सेल्सोले समान १–१ गोल गरे । खेलको पाँचौं मिनेटमा हिउङ मिनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।
६५औं मिनेटमा लो सेल्सोले गोल गरेपछि टोटनह्याम २–० गोलले विजयी भयो ।
जितसँगै टोटनह्याम शीर्ष स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट २० अंक बनाएको छ । सिटी १२ अंकका साथ ११औं स्थानमा छ ।
Comment