वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको कोरोना संक्रमणबाट निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको छ।

पीसीआर पोजिटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन्।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौंको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्‍याएका डा. मुडभरी ओम अस्पतालका संस्थापक हुन्। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

स्व. मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।