भारतमा एकै दिन हालसम्मकै धेरै संक्रमित भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा एकै दिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार  ८२६ जना सङ्क्रमित भएका छन् ।

बुधबार ७५ हजार ९९५ जनामा कोरोना भाइरस देखिएको थियो भने १ हजार १७ जनाले ज्यान गुमाएका थिए। तर, गत २४ घण्टामा अहिलेसम्म कै सर्वाधिक धेरै जनामा संक्रमण देखिनुका साथै १ हजार ६५ जनाको मृत्यु भएको छ।

हालसम्म भारतमा कूल ३३ लाख ८४ हजार ५७५ जना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ६९४ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै २५ लाख ८३ हजार ६३ जना कोरोनालाई पूर्ण रूपमा पराजित गरेर निको भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।