काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।
अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सवारी पास बन्द गर्न निर्देशन दिएको थियो।
Comment