कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विगत तीन दिनदेखि बेपत्ता वरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार बेपत्ता पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा भेटिएको हो ।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको थियो ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए । तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।