बुधबार हुने रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण स्थगित गर्न निर्देशन दिइएको गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।

कोरोनाका कारण रोकिएको रथ निर्माणसँगै ज्योतिषले असार २४ गते रातो मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्ने साइत निकालेपछि सोही अनुसार तयारी गरिएको थियो ।

अव कोरोना संक्रमण कम भएपछि प्रशासनको परामर्शमा मात्रै रथारोहणको नयाँ साइत निकालिने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।