काठमाडौं । शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ।
शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले बिरामीमा कोरोना पुष्टि भएपछि थप संक्रमत नफैलियोस भनेर सतर्कता अपनाउन अस्पताल बन्द गर्नुपरेको जनाइएको छ ।
Comment