पुनर्बीमा कम्पनीको शेयरमूल्यमा दोस्रो दिन पनि पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा लगातार दोस्रो सकारात्मक सर्किट लागेको छ।

असार २३ गते मंगलबार ४४० रुपैयाँमा पहिलो कारोबारको खुलेको ९ मिनेट अवधिमा प्रतिकित्ता ४४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४८४ पुगेको हो। कम्पनीको शेयर खरीदका लागि २७ हजार बढी कित्ता शेयरको माग मार्केट डेप्थमा देखिएको छ।

असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको शेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो। बुधबार पछि भने कम्पनीको शेयरमूल्य बढ्दो क्रममा रहेको छ। सोमबार पनि कम्पनीको शेयरमूल्य बढेर सर्किट लागेको थियो।

मंगलबार बजार खुलेको ४५ मिनेटमै नेप्से परिसूचकमा २७.३२ अंकको बढोत्तरीसँगै १३२६.०५ को विन्दुमा पुगेको छ। यो अवधिसम्म कारोबार रकम पनि २१ करोड ३७ लाख रुपैयाँ माथि पुगेको छ। 

लामो समयको लकडाउनपछि अघिल्लो सातादेखि खुलेको बजारमा केही दिन अस्वभाविक उतारचढाव देखिए पनि आइतबारदेखि भने बजारले स्थिरताको बाटो समाएको थियो। त्यही क्रमलाई निरन्तरता दिँदै बजार आज पनि पौने घन्टामै दोहोरो अंकले बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।